१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जिसस प्रमुख पोर्तेललाई कोरोना संक्रमण

सेयर:

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर परीक्षणको रिपोट पोजेटिभ आएपछि जिसस प्रमुख पोर्तेलले आफ्नो फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आफूसंग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन समेत आग्रह गर्नु भएको छ ।

हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै वहाँले भन्नु भयो,”मेरो स्वास्थ्य सामान्य छ । म घरमै आइसोलेशनमा बसेको छु, मलाई रोगको कुनै लक्षण छैन ।”

जिसस प्रमुख पोर्तेलले विगत ७ दिन भित्र आफूसंग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र होम आइसोलेशनमा बस्न समेत आग्रह गर्नु भएको छ ।

यस अघि हिजो मात्रै नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना , दमक नगरपालिकाका प्रमुख र वहाँकी पत्नीलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।