११ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तीन दिनको लगातार वृद्धिपछि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

शेयर बजारमा १०.८९ अंकको गिरावट आएर परिसूचक २६३६.७५ विन्दुमा सीमित हुँदा कारोबार रकम पनि साढे ५ अर्बमा खुम्चिएको छ।

सेयर:

शेयर बजारमा १०.८९ अंकको गिरावट आएर परिसूचक २६३६.७५ विन्दुमा सीमित हुँदा कारोबार रकम पनि साढे ५ अर्बमा खुम्चिएको छ।

📌 मुख्य बुँदाहरू:

  • निरन्तर तीन दिनको वृद्धिसुधारपछि बिहीबार नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा झरेको छ।
  • बुधबारको तुलनामा कारोबार रकम ६६ करोडले घटेर ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।
  • समयमै राफसाफ तथा फर्स्योट नगरेको भन्दै मनि वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नम्बर ७३) तीन कार्यदिनका लागि निलम्बनमा परेको छ।
  • १३ उपसमूहमध्ये लगानी समूह बाहेक अन्य सबै उपसमूहका परिसूचक ओरालो लागेका छन्।

लगातार तीन दिनदेखि उकालो लागेको सेयर बजारमा बिहीवार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा सीमित भएको छ। बजार घटेसँगै कुल कारोबार रकममा पनि उल्लेखनीय कमी आएको छ।

बिहीवार ३५५ कम्पनीका १ करोड ४७ लाख १० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधवार ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यस दिन कारोबार रकममा ६६ करोडभन्दा बढीले गिरावट आएको तथ्यांकले देखाएको छ।

उपसमूहमा व्यापक गिरावट र सेयर कारोबारको स्थिति

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये यस दिन लगानी उपसमूहको परिसूचकमात्र सामान्य अंकले बढेको छ भने बाँकी १२ वटै उपसमूहका परिसूचक ओरालो लागेका छन्। बजारमा १७९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ वटाको बढेको छ र १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यसैगरी, पिपुल्स हाइड्रोपावरको साढे २२ करोड र एनआईसी एशिया बैंकको १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। मूल्य वृद्धिको हिसाबले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै करिब ४.८८ प्रतिशतले नाफा कमाएका छन् भने एलएस होराइजन १२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

ब्रोकर कम्पनी कारबाहीमा

यसैबीच, समयमै सेयर राफसाफ तथा फर्स्योट नगरेपछि मनि वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नम्बर ७३) कारबाहीमा परेको छ। सीडिएस एण्ड क्लियरिङ लिमिटेडको सिफारिसमा नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ बमोजिम यो ब्रोकर कम्पनीलाई बिहीवारदेखि लागू हुने गरी तीन कार्यदिनका लागि निलम्बन गरेको हो। यससँगै अब उक्त ब्रोकरको कारोबार आगामी मंगलबार मात्र फुकुवा हुने नेप्सेले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।