१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

साहित्य चौतारी झापाद्वारा वरिष्ठ गायक फत्तेमानको सम्झना

सेयर:

२६ भाद्र, बिर्तामोड : साहित्य चौतारी बिर्तामोड झापाले साङ्गितिक क्षेत्रका आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको आठौं स्मृति दिवस मनाएको छ ।

साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देबीभक्त श्रेष्ठले वरिष्ठ गायक फत्तेमान राजभण्डारीले २०६२ साल असार ३१ गते भएको साहित्य चौतारी विर्तामोड झापाको सातौँ वार्षिक उत्सब तथा १९१औं भानु जयन्ती कार्यक्रममा प्रमुख अतिथि भएर मित्र मेलवा गुरुकुल सङ्गीत विद्यालयको उद्घाटन गरेको चर्चा गरे ।


उनले साहित्य चौतारी बिर्तामोड झापाको उन्नयनमा वरिष्ठ गायक फत्तेमान राजभण्डारीले ठूलो योगदान दिएको बताउँदै उनको निधनले अपुरणीय क्षती पुर्याएको जनाए ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले वरिष्ठ गायक फत्तेमान राजभण्डारीको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका सदस्य मणी बर्देवाले ‘यस्तो पनि हुँदो रहेछ’, बाल गायिका अनुजा कडरियाले ‘मर्न बरु गाह्रो हुन्न’, ‘रातो र चन्द्र सूर्य’, संरक्षक श्रेष्ठले भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाकी संरक्षिका उर्मिला विमली श्रेष्ठ , कोषाध्यक्ष भवानी गौतम, सदस्यहरु चित्रा पौड्याल कोइराला, तुलसीप्रसाद भट्टराई, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला, निवर्तमान महासचिव दिलिप घिमिरे, कुमार कडरिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी महासचिव खगेन्द्रा खुसीले गरेकी थिइन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।