२१ कात्तिक, मेचीनगर : झापाका उद्योगी व्यवसायीहरुको विभिन्न संघसंस्थाद्वारा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदर वृद्धिको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरी बिरोधमा चरणबद्ध कार्यक्रम सार्वजनिक गरेकाछन् । उद्योगी व्यवसायीहरुको प्रतिनिधीहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिना, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका संस्थापक अध्यक्ष पन्नलाल जैन, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा) प्रदेश नं.१ का अध्यक्ष उदयकुमार श्रेष्ठ, नेपाल भेनियर उत्पादक संघका महासचिव दिनेश शाक्य, क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल प्लाइउड संघका केन्द्रीय सदस्य खेम प्रसाई, कुखुरा उत्पादक संघ झापाका महासचिव सुबोध निरौंला, नेपाल कुचो व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद शाह, नेपाल सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर खाती, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका उपाध्यक्ष टोम राजवंशी लगायतले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।
विज्ञप्तिमा यही कात्तिक २२ गते मंगलबार जिल्ला प्रशासन कार्यालय तथा बैंक–वित्तीय संस्थामा ज्ञापनपत्र बुझाउने । कात्तिक २३ गते बुधबार बैंकसँग कुनै पनि कारोबार नगर्ने तथा बैंक तथा वित्तीय संस्था अगाडि प्लेकार्ड सहित जुलुस गर्ने । कात्तिक २५ गते शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को समेत सहभागीतामा मूख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र नेपाल राष्ट्र बैंकमा धर्ना दिने । कत्तिक २८ गते सोमबार नेपाल राष्ट्र बैंकबाट जारी गरिएको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा दवाब दिन भेला हुने लगायतका कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
