१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

समूहिक चौरासी पूजा सहित १३ जना ज्येष्ठ सेयर सदस्य सम्मानित

सेयर:

७० वर्षभन्दा माथि उमेर समूहका ७० जना ज्येष्ठ सेयर सदस्य सम्मानित

२३ असोज, दमक : मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ ।

संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक आयोजित संक्षिप्त चौरासी पूजा पछि ज्येष्ठ सेयर सदस्यहरुलाई जनही नगद ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरिएको हो ।
ज्येष्ठ नागरिक, महिला तथा बालबालिका उपसमितिद्वारा आयोजित कार्यक्रममा संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना नै ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको छ ।

संस्था २५ वर्ष पुगेको अवसरमा रजत वर्ष विशेष कार्यक्रम अन्तरगत आयोजित सो चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमबाट ८३ जनाले नगद सहित सम्मान पाएका संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ज्येष्ठ सदस्यहरुमाझ दशैंको मुखमा ४ लाख ९५ हजार रुपैयाँ वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहमा थोरै टेवा पुर्याएको अध्यक्ष भट्टराईको भनाई थियो ।
उपसमितिका संयोजक शान्ता डाँगीको अध्यक्षतामा पूजा पोखरेलले सञ्चालन गरेको सो चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राई थिए । उनले आफ्नो मन्तब्यमा मेची सहकारीले अरुकोभन्दा पृथक कार्यक्रम गरेर ज्येष्ठ सदस्यको मन जितेको बताए । सहकारीमा शेयर सदस्यहरुलाई ब्याज र बोनस दिएको देखिँदैन तर यस्ता रचनात्मक कार्यक्रमबाट ज्येष्ठ सदस्यको आशीर्वाद पाउन सकिने उनको भनाई थियो ।

सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा संस्थाका संस्थापक अध्यक्ष रोमनाथ ओली, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, प्रदेशसभा सदस्य अर्जुन राई, संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष पदम थापा लगायतले ज्येष्ठ सदस्यहरुलाई दोसल्ला, अबिर लगाएर नगदसहित लौरो प्रदान गरेका थिए ।
सम्मानित ज्येष्ठ सेयर सदस्यहरुको सूची संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम बगालेले प्रस्तुत गर्दै सम्मान कार्यक्रम अघि बढाएका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।