१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

सेयर:

भारतीय पुरुष हक्की टिमले चार दशकपछि ओलम्पिकमा पदक जितेको छ। टिमले ४१ वर्षपछि हक्कीमा पदकको खडेरी अन्त गरेको हो।

ओलम्पिकअन्तर्गत कांस्य पदकका लागि भएको भिडन्तमा जर्मनीमाथि भारतले ५-४ को संघर्षपूर्ण जित निकाल्दै पदक पक्का गरेको थियो।पछिल्लो पटक भारतले १९८० मा मस्को ओलम्पिकमा भारतले वासुदेवन भास्करनको कप्तानीमा हक्कीमा स्वर्ण पदक जितेको थियो।

दोस्रो क्वाटरमा ३-१ ले पछि रहेको भारतले आकर्षक पुनरागमन सम्‍भव बनाउँदै लगातार ४ गोल गर्‍यो। चौंथो क्वाटरमा जर्मनीले एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त रहेन।जितपछि भारतीय कप्तान मनप्रित सिंहले ओलम्पिकमा खेलाडीले असाध्यै मिहिनेत गरेको बताए।

उनले सुरुदेखि अन्तिमसम्म राम्रो प्रयास गरेको भन्दै मेडलका लागि टिम हकदार भएको बताए। भारतका लागि सिमरनजित सिंहले दुई तथा हार्दिक सिंह, हरमप्रित सिंह तथा रूपिंदर पाल सिंहले समान १-१ गोल गरे।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।