१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सिएरा लियोनमा इन्धन ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु, दर्जनौं घाइते

सेयर:

२० कात्तिक, काठमाडौं : पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्यांकर विष्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए)का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । घटनास्थलमा उद्धारकार्य सकिएको छ । दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ ।

इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज शहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो । आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए ।

फ्रिटाउनका मेयर यवोन अकी-सयरले दुर्घटनाबारे फेसबुकमा जानकारी दिएका छन् । उनका अनुसार इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

विस्फोटको आवाज सुनेर घटनास्थलमा पुगेका स्थानीयले शुरुवाती उद्धार गरेका थिए । सामाजिक सञ्जालमा दुर्घटनास्थल र घाइतेहरुको तस्वीर र भिडियो भाइरल भइरहेको छ । मेयर अकी-सेयरले फेसबुकमा लेखेका छन्, ‘मेरो समवेदना विस्फोटमा पर्ने पीडित परिवार र आफन्तजनसँगै छ । मृत्यु हुनेहरुको आत्मालाई शान्ति मिलोस् ।’

फ्रिटाउन शहरमा १० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । गत मर्चमा पनि त्यहाँको एक सुकुम्बासी क्षेत्रमा आगलागी हुँदा ८० जनाको मृत्यु भएको थियो । यस्तै २०१७ मा भारी वर्षाका कारण एक हजार जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।

अनलाइनखबरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।