१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो-वर्षमान पुन

सेयर:

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनु भएको छ । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताउनु भयो।

‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, वहाँले भन्नुभयो । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको बताउनु भयो।

संविधान र लोकतन्त्र बचाउन उत्रने पुनले बताउनु भयो । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं’, वहाँले बताउनु भयो।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री बनाउन नसकिने विज्ञप्ति जारी गरेलगत्तै बालुवाटारमा मध्यरात मन्त्रिपरिषद् बैठक वैठक बोलाएर संसद विगठनको सिफारिस गरिएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।