१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

लियोनल मेस्सीलाई साताैँ पटक बालोन ‘डी’ ओर अवार्ड

सेयर:

१४ मंसिर, काठमाण्डाै : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले बालोन ‘डी’ ओर अवार्ड जितेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन ‘डी’ ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले गएराति विशेष समारोहकाबीच मेस्सीलाई बालोन ‘डी’ ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन ‘डी’ ओर अवार्ड प्राप्त गरेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

महिलातर्फको बालोन ‘डी’ ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर’ प्राप्त गरेका छन् । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।