१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रशिक्षक अलमुताइरी : नेपाल फर्कंदा खुशी छु

सेयर:

१४ कात्तिक, काठमाडौं : राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो ।

शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।

उनले पछिल्लो तीन/चार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए ।

अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको धेरै आग्रह गरेपछि बफू नेपाल आउन सहमत भएको बताए ।

उनले पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु रहेको बताए ।

सबैलाई पछिल्लो ३-४ महिनाधेरै गाह्रो छ । चार महीना नेपालीले फुटबल मन पराउँछन् त्यो सबैभन्दा महत्वपूर्ण हो पैसा भन्दा ।

यस्तै अलमुताइरीले साफ कपपछि राम्रो फिडब्याक पाएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको बताए । ‘मेरो विचारमा अब उनीहरूले फुटबल खेलाडीमा लगानी गर्नेछन् । हामी फुटबलमा केही गर्न सक्छौँ,’ उनले भने, ‘धेरै नसोच्नु । हामी विश्वकपमा छनोट हुनुपर्छ भन्दिन । स्टेप बाइ स्टेप जानुपर्छ । हाम्रो टार्गेट अर्को साफ कप हो । यस पटक हामी फाइनल पुग्यौ । अब एसिया क्वालिफायर खेल्नेछौँ ।’

उनले सन् २०२७ मा नेपाल एसिया कपमा पुग्ने पनि बताए ।

अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत हुँदै नेपाल फर्किएका हुन् । ‘अहिले तीन वर्ष सम्झौता गरेका छौं । म नेपालमा खुशी छु । म नयाँ मोटिभेसनका साथ आएको छु । म केही चाहन्न । मे मेरो खेलाडी सुरक्षित होस् भन्ने चाहन्छौं । हामी नेपालको लागि लड्छौं,’ उनले अघि भने ।

यस्तै अलमुताइरीले साफ कपमा सबैले राम्रो समर्थन गरेको भन्दै सकरात्मक सोचेका लागि सबैलाई धन्यवाद दिए ।

यस्तै नयाँ युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आफूलाई बारम्बार फोन गरेको गरेको र योजना बारे बुझ्नु भएको पनि बताए ।

एन्फाले सय दिनभन्दा लामो समय ए डिभिजन लिग आयोजना गर्न लागेको सनाउँदै यो फुटबल विकासमा राम्रो रहेको बताए ।

यस्तै उनले लिगमा विमल घर्ती मगरको खेल फलो गर्ने बताउदै विमल नेपाली फुटबलको आशा भएको पनि बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।