१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रेल्वे अध्यादेश जारी

सेयर:

९ चैत, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।

यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संसद्मा पेस हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले जनकपुर–जयनगर अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको बताउँदै रेल सञ्चालन उद्घाटनको मिति नेपाल र भारतबीचको सहमतिमा तय हुन सक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “रेल सञ्चालनका लागि अब कुनै समस्या छैन । अब मुख्य कुरा रेल सेवा शुभारम्भको मिति तय हुनुप-यो । यो दुई मुलुकबीचको उच्चस्तरीय कुरा हो ।” एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुबिना रेल ओहोरदोहोर गरिरहेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।