१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा लकान्द्री

सेयर:

८ पौंष, बिर्तामोड : नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा प्रकाश लकान्द्री निर्वाचित भएका छन् ।
इक्यान पूर्वाञ्चल शाखाको धनकुटाको हिलेस्थित माउन्ट होराईजन रिसोर्टमा भएको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशनले लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष रोशन निरौला , उपाध्यक्ष दिपक गौतम , सचिव रबिकुमार गुप्ता, कोषाध्यक्ष हेम जिवान निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला रहेका छन् ।

इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रोषन निरौलाको अध्यक्षता तथा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई , केन्द्रीय सचिव बासुदेव दाहाल , केन्द्रीय सहसचिव कर्ण गुरुङ, केन्द्रीय सदस्य पुष्पराज भट्टराई , इक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार संयोजक कमल तिम्सिना , जे सर्टका महेश श्रेष्ठ, इक्यान झापा शाखा प्रतिनिधि नवीनकुमार शिवाकोटीलगायतले नव निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना दिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष तथा ग्लोवल टच एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक दिपक गौतमले जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।