१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अर्जुनधारामा फेरि अर्को मृत हात्ती फेला

सेयर:

२२ असार, अर्जुनधारा : झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता बुद्धशान्ति गाउँपालिका ५ आयाबारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।

भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत बढेको पाइएको छ । बुधबार बिहान स्थानीयले खोला किनारामा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताउँनुभयो ।

हात्ती करेन्ट लागेर घाईते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताउँनुभयो । जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्टमार्टम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ ।

मृत हात्तीमा बाहिरी कुनै चोटपटक नदेखिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिनुभयो ।

झापामा लामो समयदेखि मानव हात्तीको द्वन्द्व व्यावस्थापन हुन नसक्दा २०६४ सालदेखि झापामा मात्रै ५ भारतीय नागरिक सहित ५२ जनाले ज्यान गुमाईसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।