१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली कांग्रेस झापामा थेवे नेतृत्वको प्यानलको वर्चश्व (मत परिणामसहित)

सेयर:

१२ मंसिर, बिर्तामोड : नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे १७६५ निर्वाचित भएका छन् । पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ निर्वाचित भएका छन् । यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ निर्वाचित भएका हुन् । सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ निर्वाचित भएका छन् ।

अर्का सभापति पद्का उम्मेद्वार राम कट्टेलले १५१५, उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ मत प्राप्त गरेका छन् । सहसचिव पदमा पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् ।

झापा कांग्रेस दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो । झापा कांग्रेसमा कमजोर मानिएको कट्टेल समूहले निर्वाचनमा सम्माजनक मत ल्याउन सफल भएको छ । कट्टेल समूहले ल्याएको मत अनुपातले झापामा शक्ति सन्तुलनमा बराबर रहेको देखाएको छ ।

पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।