७ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ क मा नेपाली काँग्रेसका नेता गोपाल तामाङ्ग २३०४५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । वहाँको निकटतम् प्रातिद्वन्दी नेकपा एमालेका रबिन कोइरालाले १८६५७ मत प्राप्त गर्नुभएको छ । तामाङ्गले ४३८८ मतान्तरले कोइरालालाई पराजित गर्नुभएको छ । अन्तिम मत परिणाम तथा विजयी उम्मेदवारको नामावली आधिकारिक रुपमा निर्वाचन आयोगले भने घोषणा गरिसकेको छैन ।
