१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बिर्तामोड नगरपालिको सडक उच्चस्तरीय बन्ने

सेयर:

३२ असार, बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेसंगै सडक निर्माणको पक्रिया अघि बढाइने भएको हो ।

बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाबाट प्राप्त Bid Amount र ६२ करोड ९१ लाख ३० हजार ७३ रुपैयाँ मुल्य बराबरको कस्ट स्टीमेट, कार्यालय भौतिक तथा मुल्यसमेतको कन्टीजेन्सी सहित कुल ७६ करोड २७ लाख ५० हजार ६२० रुपैयाँमा अन्तराष्ट्रिय स्तरको वोलपत्र आव्हान गर्ने निर्णय गरेको छ ।

६ हजार २ सय ५८ मिटर लामो उक्त सडक खण्ड अन्तराष्ट्रिय स्तरको बन्ने भएको हो । ७ मिटर चौडाई, त्यसको दुवैपट्टी २/२ मिटरको पक्की नाला र त्यसमाथि पैदलयात्रुको सहजताका लागि पेवर्स ओच्छ्याउने इन्जिनियर डिल्ली गौतमले जानकारी दिनु भयो ।

यस सडक खण्डमा ६२९ वडा सडक बत्ति राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा विरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् । सडकको ठेक्का संझौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न हुने जनाइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।