१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल

सेयर:

दमक/होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ को आज सोमबार विर्तामोडमा सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

दंगाल करिब डेढ दशकदेखि दमकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी नेता हुन । दंगालको अध्यक्षतामा सर्वसम्मत चयन भएको महासंघको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, उपाध्यक्षमा देवी प्रसाद पौडेल, जे पी राई, गोविन्द थापा महासचिवमा बासु बराल, सचिवमा शिव अधिकारी , सहसचिव दिल कुमारी श्रेष्ठ , कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ सह कोषाध्यक्षमा राजन प्रधान चुनिएका छन ।

त्यसैगरी सदस्यहरुमा प्रेम सापकोटा ,लाल बहादुर श्रेष्ठ ,पुनम थापा मगर, पदमलाल लम्साल ,बिमल भण्डारी, दिनेश खनाल ,पोक्षरन्त पोखरेल निर्विरोध निर्वाचित भएका जनाइएको छ । महासंघका प्रदेश अध्यक्ष मनिन्द्र कटुवालको अध्यक्षता र विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको प्रमुख आतिथ्यमा साइ पाटी प्यालेस विर्तामोडमा सो अधिवेशन सम्पन्न भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।