१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रदेश उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन पुस ११ गते हुने

सेयर:

झापा उद्योग वाणिज्य. संघद्वारा अध्यक्षमा घिमिरेको नाम सिफारिश

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश नं १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो ।
यसैक्रममा, झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेशको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीका लागि संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार घिमिरेको नाम सिफारिश गर्ने निर्णय गरेको छ ।
संघको सभाहलमा आइतबार अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न नियमित मासिक बैठकमा कार्यसमितिले मताधिकारसहित घिमिरेको नाम सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले बताए । सर्वसम्मत सिफारिश गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला संघको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्दमुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए । दुई कार्यकाल सकेर संघबाट विदा लिएपछि नेपाल अलैंची व्यवसायी महासंघको संस्थापक अध्यक्ष बनेर अलैंची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैंची क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष उमेश डालमियालाई बधाइ–शुभकामना दिएको थियो ।
संघको निर्णयलाई स्वागत गर्दै घिमिरेले आफू सदैव उद्योगी–व्यवसायीको पक्ष र हितमा उभिने गरेको स्मरण गराउँदै प्रदेशको नेतृत्व सम्हाल्ने असर पाए संस्थागत विकास र औद्योगिक–व्यासाियक हितका लागि समर्पित रहने प्रतिक्रिया दिएका छन् । घिमिरेले मतका लागि प्रदेशका मतदाता उद्योगी–व्यसायीसँग आग्रह गरेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।