१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

युवा उद्योगी श्रेष्ठ सम्मानित

सेयर:

१० भदौं, भद्रपुर : झापा भद्रपुर निवासी युवा उद्यमी उज्वल श्रेष्ठ सम्मानित भएका छन् ।
श्रेष्ठलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले आफ्नो दोस्रो नगर अधिवेशनको अवसरमा आइतबार आयोजित समारोहका बीच श्रेष्ठलाई प्रेरक युवा उद्यमीका रुपमा सम्मान गरेको हो ।
समारोहका प्रमुख अतिथि रोष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
दुई दशकभन्दा लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा लागेका श्रेष्ठले आफ्ना बुबा यमबहादुर श्रेष्ठले सञ्चालन गरेका उद्योग–व्यवसायलाई सफलतापूर्वक निरन्तरता दिएका छन् ।
भद्रपुर ४ मा स्थापित धान–चामलको आधुनिक मिल गणेश एग्रोका सञ्चालक श्रेष्ठ धान–चामललगायत चिया, फिड्स उद्योगमा संलग्न छन् । भद्रपुरको सफल उद्यमीका रुपमा आफूलाई स्थापित बनाउँदै लगेका श्रेष्ठ रोटरी, लायन्सजस्ता सामाजिक संस्थामार्फत सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रोहित काफ्ले

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।