१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेची अभियानद्वारा एकल श्रमिक महिला मर्डीको घर हस्तान्तरण

सेयर:

२० साउन, झापा : आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापाको मेचीनगर नगरपालिका– १४ की लख्खि मर्डीले घर पाएकी छन् । मेची अभियानको पहलमा उनलाई घर हस्तान्तरण गरिएको हो ।

आज (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका थिए । गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो ।

विगत १० वर्ष अघि श्रीमान्ले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जलेको थियो । मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन् ।

मजदुरी गरी जिविकोपार्जन गर्दै आएकी उनी घर विहीन बनेसँगै मेची अभियान काँकडभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

गत फागुनमा घरको शिलान्यास पनि अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले गरेका थिए । मर्डीको घर निर्माणमा शर्माले झापा पुगेर श्रमदानसमेत गरेका थिए । नेता शर्मा र उनकी श्रीमती कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन् ।

घर निर्माणमा देश तथा विदेशबाट विभिन्न व्यक्तिले सहयोग गरेको अभियानका संयोजक डालमियाले बताए । डालमियाका अनुसार घर निर्माणमा ४ लाख १७ हजार ६३९ रुपैयाँ खर्च भएको छ ।

घर जलेसँगै मर्डी भाटाले बारेर बनाएको भान्सा घरमा बस्दै आएकी थिइन् । अभियानले घर निर्माण गरी हस्तान्रण गर्दा उनी भावविहोल बनेकी थिइन् ।

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सबैको पहलबाट मर्डीको घर निर्माण सम्पन्न भएको बताए । मेची अभियानले मेचीनगर कै केवल निरौलाको घर निर्माणसमेत सुरु गरिएको शर्माले बताए । निरौलाको घर पनि आगलागीबाट जलेर नष्ट भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।