१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अन्तर विद्यालय यू–१६ फूटबलको उपाधि अरुणोदयलाई

सेयर:

अन्तर विद्यालय यू–१३ फूटबलको उपाधि एमिटीलाई

१६ भाद्र, काँकरभिट्टा : काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित अन्तर विद्यालय यू–१६ फूटबलको उपाधि अरुणोदय आवासीय माध्यमिक विद्यालयले जितेको छ । आज भएको फाइनल खेलमा अरुणोदय आवासीय मा.विले काँकरभिट्टा मा.वि.लाई ५–१ गोलले हराएको थियो ।
खेलको पहिलो हाफ सम्म दुबै टिमबाट गोररहित बराबरी भएको थियो भने दोस्रो हाफमा अरुणोदयले लय लिदा लगातार ५ गोल गर्न सफल भएको थियो । अरुणोदयका लागि जर्सी नम्बर १२ का संजोग राउतले २ गोल, जर्सी नम्बर ९ का राज दर्जीले १ गोल, जर्सी नम्बर १० का सोहम रिजालले १ गोल र जर्सी नम्बर ७ का जयलाल गैरेले १ गोल गरेका थिए भने काँकरभिट्टा मा.वि.का लागि सान्तवाना गोल जर्सी नम्बर ६ का बिमल खवासले गरेका थिए ।
फाइनल खेलको उत्कृष्ट खेलाडी अरुणोदयका राज दर्जी घोषित भए उनले नगद रु.५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे, खेल अवधीभरको सर्वोत्कृष्ट खेलाडी अरुणोदयका साहिल लिम्बू घोषित भए, उत्कृष्ट गोल रक्षकको उपाधि अरुणोदयका सुजन प्रधान घोषित भए । खेल अवधिको सर्वाधिक गोलकर्ता र उत्कृट फरवार्डको उपाधि अरुणोदयका संजोग राउतले जित्न सफल भए । उत्कृष्ट डिफेण्डरको उपाधि अरुणोदयका प्रनिश खवासलाई प्रदान गरियो भने उत्कृष्ट प्रशिक्षक को उपाधि अरुणोदयका प्रशिक्षक लाक्पा तामाङ्गले हात पार्न सफल भए ।
विजेता टोली अरुणोदय आवासीय मा.वि.ले नगद रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोली काँकरभिट्टा मा.विले नगद रु.५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

अन्तर विद्यालय यू–१३ फूटबलको उपाधि एमिटीलाई

काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित अन्तर विद्यालय यू–१३ फूटबलको उपाधि एमिटी पब्लिक स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा एमिटी पब्लिक स्कुलले पशुपति मा.वि.लाई १–० गोलले हराएको थियो ।एमिटीका जर्सी नम्बर ९ का क्रिस बानियाले गरेको १ मात्र गोलले टीमलाई विजेता बनाएको थियो ।
फाइनल खेलको उत्कृष्ट खेलाडी एमिटीका क्रिस बानिया घोषित भए । उत्कृष्ट मिड फिल्डरको उपाधि अरुणोदयका अभिमन्यू भूजेलले जिते, राइजिङ्ग प्लेयरको उपाधि एमिटीका आस्रय भट्टराईले प्राप्त गरे, उत्कृष्ट डिफेण्डरको उपाधि पशुपतिका अन्स गुप्ता घोषित भए । त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधि पशुपतिका मौसम धिमालले जित्न सफल भए । खेलअवधिको सर्वोत्कृष्ट खेलाडी एमिटीका युगल भण्डारी घोषित भए । उत्कृष्ट प्रशिक्षक को उपाधि एमिटीका मुन्ना सुब्बाले हात पार्न सफल भए ।विजेता टोली एमिटी पब्लिक स्कुलले नगद रु.३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोली पशुपति मा.विले नगद रु.२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि वडाअध्यक्ष ललितबहादुर तामाङ्ग, अतिथिहरु प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, वडा नम्बर ६ का जनप्रतिनिधि भविन्द्रराज सुब्बा, ध्रुबकुमार राई, सीमा रसाइली, काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार गंगालाल गुरुङ्ग, झापा जिल्ला फूटबल संघका महासचिव शेरबहादुर बस्नेत, लायन्स क्लब अफ काँकरभिट्टाका सचिव सजित तामाङ्ग, डम्बर खवास, एन्फा प्रशिक्षक दिपक कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहको अध्यक्षता काँकरभिट्टा ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले गर्नुभएको थियो भने सञ्चालन सचिव लाक्पा तामाङ्गले गर्नु भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।