१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मोरङ ३(१) मा थापाको निधन पछि लिम्बूलाई टिकट

सेयर:

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं ३ (१) प्रदेशसभातर्फ नेपाली कांग्रेसका मानबहादुर लिम्बूले टिकट पाएका छन् ।

उक्त क्षेत्रका उमेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको ठाउँमा लिम्बूलाई उमेदवार बनाएको हो ।

नेपाली कांग्रेस प्रदेश नम्बर १ का उपाध्यक्ष रमेशजंग रायमाझीले लिम्बूले टिकट पाएको बताए । आजै मनोनयन दर्ता गरी चुनावी अभियान सुरु हुने रायमाझीले बताए । लिम्बू नेपाल विद्यार्थी संघ मोरङका पूर्वअध्यक्ष हुन् । उनी लामो समयदेखि कांग्रेसको जिल्लास्तरीय नेतृत्वमा छन् ।

प्रदेश नं‍. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री थापाको बुधबार निमोनिया र डेंगी रोगका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।