१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

सेयर:

दाेहा : खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गाेल गर्दै जर्मनीलाई विश्वकप २०२२ काे पहलाे खेलमा २-१ ले पराजित गरेकाे छ।

चारपल्टकाे विश्वकप विजेता जर्मनीले लगातार दाेस्राेपल्ट विश्वकपकाे पहिलाे खेलमा हार बेहोरेको हाे । उसलाई रूसमा सन् २०१८ मा मेक्सकाेले १-०ले पराजित गरेकाे थियाे । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलाे जित रचेकाे हाे ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा इकाय गुन्डाेगनकाे पेनाल्टी गाेलमा जर्मनीले ३३ औं मिनेटमा १-० काे अग्रता लिएकाे थियाे ।

रित्सु डाेआनले रिबाउन्डमा गाेल गर्दै ७५ औं मिनेटमा १-१ काे बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानाेले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गाेलकर्ता सब्स्टच्युटकाे रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

पहिलाे हाफमा आक्रामक प्रदर्शन गरेकाे जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गाेल गर्न सकेन । कमजाेर देखिएकाे जापानले पनि दुई अवसर पाएकाे थियाे तर उपयाेग गर्न सकेन । दाेस्राे हाफमा पनि जर्मनी बलियाे देखिएकाे थियाे । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।