१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एन्फा मुख्यालयको ताला खुल्यो, शुक्रवारका लागि कार्यसमिति बैठक आह्वान

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यद्वारा सातदोबाटोस्थित मुख्यालयको ताला खुला, फिफा प्रतिबन्धलगायत विषयमा छलफल गर्न बैठक बोलाइयो

सेयर:

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यद्वारा सातदोबाटोस्थित मुख्यालयको ताला खुला, फिफा प्रतिबन्धलगायत विषयमा छलफल गर्न बैठक बोलाइयो

📌 मुख्य बुँदाहरू:

  • लामो समयदेखि बन्द रहेको सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन्।
  • एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा ताला खोलिएको हो।
  • खड्काले आउँदो शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्।
  • बैठकमा फिफाको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनको अवरोध हटाउने विषयमा छलफल हुनेछ।

लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा आज सातदोबाटोमा रहेको एन्फा मुख्यालयको ताला खुलाइएको हो।

मुख्यालयको ताला खुलेलगत्तै वरिष्ठ उपाध्यक्ष खड्काले आगामी शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ। यसअघि वरिष्ठ उपाध्यक्ष खड्कासहित कार्यसमितिका ११ जना सदस्यले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसमक्ष लिखित पत्र बुझाउँदै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए।

बैठकका प्रमुख एजेन्डा र फिफा प्रतिबन्ध

बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली फुटबल क्षेत्रलाई प्रभावित पार्दै आएका महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ। उपाध्यक्ष खड्काका अनुसार बैठकमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्ध फुकाउने पहल, सरकारसँगको सहकार्य र तहगत चुनावमा देखिएको अवरोध हटाउने विषयमा विस्तृत छलफल हुनेछ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्रको प्रशासनिक तथा खेल गतिविधि ठप्पप्रायः बनेको छ। ताला खुलेर कार्यसमितिको बैठक बस्ने भएपछि अवरुद्ध फुटबल गतिविधि सुचारु हुनेमा खेलप्रेमीहरूले अपेक्षा गरेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।