१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मन्त्रिपरिषद् विस्तारको तयारी

सेयर:

२१ असोज, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको बैठक बस्यो । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा अलग अलग बैठक बसेका थिए । काँग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस पार्टीबाट मन्त्रीहरूको नाम सिफारिस गर्न पदाधिकारी बैठकले काँग्रेसको भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम सिफारिस गर्न छलफल भएको बताउनुभयो ।

काँग्रेसबाट गृह, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्यमा यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् । भागबण्डामा परेका अन्य मन्त्रालयमा मन्त्रीहरू पठाउन पदाधिकारी बैठकमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेर मात्र मन्त्री छनोटको तयारी गर्नुभएको छ । बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्री तथा एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ । बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजङ्ग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्री बन्ने नाम टुङ्गो लगाए पनि कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा बैठकले केही पनि निर्णय नगरेको बताउनुभयो ।

जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफू सरकारमा नजाने जानकारी गराउनु भएको थियो । बैठकमा सरकारमा मन्त्री बन्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने निर्णय भएको पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताउनुभयो । बैठकमा समावेशी, क्षेत्र, भूगोल, लिङ्ग, पार्टीमा योगदानलगायतका विषयलाई ध्यान दिएर नाम छनोट गर्न बैठकले सुझाव दिएको छ । पार्टीका प्रवक्ता डम्बर खतिवडाले बुधबारको बैठकमा मन्त्रीको नाम चयन गर्ने विषयमा व्यापक छलफल भए पनि बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, “सबै पार्टीका मन्त्रीहरूको शपथ एकै पटक गर्ने भन्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को बिहीबार स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाउने नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।

गोरखापत्रबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।