१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यमनमा साउदी गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु

तरकारी बजारमा भएको आक्रमणमा परि २० नागरिकको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

सेयर:

तरकारी बजारमा भएको आक्रमणमा परि २० नागरिकको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

📌 मुख्य बुँदाहरू:

  • यमनको ताइज प्रान्तस्थित तरकारी बजारमा साउदी गठबन्धनको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ।
  • घटनामा १० जनाभन्दा बढी नागरिक घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।
  • स्थानीय अधिकारीहरूले भने उक्त आक्रमणमा इरान समर्थित हुथी समूहको नै हात रहेको दाबी गरेका छन्।

यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा परि २० जनाको मृत्यु भएको छ। यमनी विद्रोही समूह हुथीहरूले शुक्रबार ताइज प्रान्तको एक तरकारी बजारमा भएको साउदी आक्रमणबाट २० जनाको ज्यान गएको दाबी गरेका छन्।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले सबा समाचार एजेन्सीमार्फत जानकारी गराए अनुसार साउदी शत्रुका विमानहरूले अल–वाजिया शहरको तरकारी बजारलाई लक्षित गरी धेरै मिसाइल प्रहार गरेका थिए। सो आक्रमणका कारण २० नागरिकको मृत्यु हुनुका साथै १० जना घाइते भएको उनले बताएका छन्।

स्थानीय अधिकारीहरूको दाबी

यस घटनामा यमनी स्थानीय अधिकारीहरूले भने भिन्नै धारणा राख्दै हुथीहरूलाई नै दोषी ठहराएका छन्। उनीहरूले त्यस क्षेत्रमा कुनै पनि सैन्य विमानमार्फत हवाई कारबाही नगरिएको स्पष्ट पार्दै हुथी समूहले नै घटना गराएको आरोप लगाएका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।