१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुदूरपश्चिममा एमालेका रावल मुख्यमन्त्री नियुक्त

सेयर:

धनगढी — सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष उनले २९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा दाबी गरेका रावललाई प्रदेश प्रमुखले बुधबार नै मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले चार दलको समर्थनसहित बहुमत जुटाएका रावललाई संविधानको धारा १६८ (२) अनुुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद पुुगेका हुन् । प्रदेशसभामा एमाले तेस्रो ठूलो दल हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।