११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेसमा समानान्तर महाधिवेशन पक्षधर जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया अघि बढ्दै

शेरबहादुर देउवा समूहको गतिविधिमा संलग्न निर्वाचित जनप्रतिनिधिहरूको छानबिन गर्न अनुशासन समिति गठन गरिने

सेयर:

शेरबहादुर देउवा समूहको गतिविधिमा संलग्न निर्वाचित जनप्रतिनिधिहरूको छानबिन गर्न अनुशासन समिति गठन गरिने

📌 मुख्य बुँदाहरू:

  • नेपाली कांग्रेसले समानान्तर महाधिवेशनको पक्षमा लाग्ने जनप्रतिनिधिहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।
  • मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकले यसबारे अध्ययन तथा छानबिन गर्न अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ।
  • समितिले पार्टीका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोध्नेछ।
  • आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, केदार कार्की लगायतका नेताहरू देउवा समूहको समानान्तर गतिविधिमा खुलेर लागेका छन्।

नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनको पक्षमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले यो निर्णय लिन लागेको हो।

पार्टीका अनुसार समानान्तर महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिहरूको विषयमा अध्ययन तथा छानबिन गर्न छुट्टै अनुशासन समिति गठन गरिनेछ। अनुशासन समितिले पार्टीको निर्देशन विपरित समानान्तर गतिविधिमा किन सहभागी भएको भन्दै सम्बन्धित जनप्रतिनिधिहरूलाई स्पष्टीकरणको पत्र काट्नेछ। प्राप्त जवाफ चित्तबुझ्दो नभएमा विधान अनुसार कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने एक पदाधिकारीले जानकारी दिएका छन्।

अनुशासन समितिले स्पष्टीकरण सोध्ने

हालै सम्पन्न १५औँ महाधिवेशनको नतिजापछि संस्थापन इतर मानिएको देउवा समूहले छुट्टै समानान्तर महाधिवेशनका गतिविभिहरू अगाडि बढाइरहेको छ। मंगलबार केन्द्रीय समिति बैठकको शुभारम्भ गर्दै सभापति गगन थापाले पार्टी विधान विपरीत समानान्तर गतिविधिमा संलग्न हुने जोकोहीलाई पनि छुट नदिइने स्पष्ट पारेका थिए।

समानान्तर महाधिवेशनको पक्षमा राष्ट्रिय सभा सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, खम्मबहादुर खाती, ललितजंग शाही, कृष्णप्रसाद सिटौला, जगत तिमिल्सिना तथा प्रदेश सभा सदस्यहरू कोशी प्रदेशका केदार कार्की र भुपेन्द्र राई, लुम्बिनी प्रदेशका सरोज थापा (रोज राणा), गण्डकी प्रदेशका जीत शेरचनसहितका नेताहरू खुलेर लागेका छन्। साथै, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरू पनि सोही समूहमा सक्रिय रहेको पाइएको छ। अनुशासन समितिले उनीहरू सबैको फेहरिस्त तयार गरी कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।