१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

सेयर:

१७ जेठ, काठमाडौँ : नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ।स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो सिरिज आगामी जुलाईमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ।

त्यस्तै नेपालले नामिबियाविरुद्ध १६ जुलाईमा प्रतिस्पर्धा गर्दा अन्तिम खेलका रूपमा १७ जुलाईमा स्कटल्याण्डविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दै छ। लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।

नेपालले अहिलेसम्म १२ खेल खेलेको छ। जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ। लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।