१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा आगलागीबाट १७ लाख रुपैयाँ बराबरको क्षति

सेयर:

१४ असोज, मेचीनगरः झापाको मेचीनगर ६ नकलबन्दा नजिक रहेको कालीमन्दिर भन्ने ठाउँका स्थानीय विजय राजवंशीको घरमा शुक्रबार विहान ६ बजेतिर आगलागी भएको छ । आगलागीका कारण १७ लाख रुपैयाँ बराबरको क्षति भएको र आगो नियन्त्रणमा लिने क्रममा घरधनी राजवंशी घाइते भएको बताइएको छ । उहाँको अवस्था सामान्य छ । उहाँलाई तत्कालै उपचारकालागि स्वास्थ्य केन्द्र लगिएको थियो ।
एकतले ४ कोठे पक्की घरमा आगलागी हुदाँ पसल समेत सञ्चालन गरिरहेका कारण यति धेरै क्षति भएको पीडितको भनाई छ । खाना पकाउने ग्यास चुहिएर घटना भएको पीडितको भनाई छ । आगलागीबाट एउटा मोटरसाईल, साईकल, फ्रिज, लत्ता कपडा फर्निचरका सामान, भाडावर्तनलगायतका सामान डढेर नष्ट भएका छन् । प्रहरीले करीव १७ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको छ ।
घटना लगत्तै मेचीनगर नगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी, नेपाल, सशस्त्र प्रहरी स्थानीयबासीले समयैमा आगो नियन्त्रणमा लिइएका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाई छ । घटनाको जानकारी प्राप्त हुन साथ मेचीनगर नगरपालिकाको वारुणयन्त्र समयमै वारुणयन्त्र पुगेका कारण थप क्षति हुन पाएन । पीडितलाई राहतका लागि नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगरसँग समन्वय गरी प्रारम्भिक राहत उपलब्ध गराउने र स्थानीय सरकारबातर्फबाट समेत राहत उपलब्ध गराउने जानकारी उपप्रमुख मीना पोखरेल उप्रेतीले दिनुभयो ।

मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राजु कार्की, मेचीनगर अध्यक्ष राजु (खेमराज) पोखरेल पार्टीका ६ नम्बर वडाध्यक्ष प्रितम काफ्लेलगायतले घटनास्थल पुगेर पीडितलाई राहतका लागि पहल गर्ने आश्वसन दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।