१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

सेयर:

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर रिपोर्टमा गिरीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कोरोना पुष्टि भएपछि डा. गिरी कोभिड अस्पताल भर्ना नभइ प्रतिष्ठानको आफ्नै निवासको आइसोलेसनमा बसेका छन् । उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन्।

गिरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् । डा. गिरी यहि भदौ २३ गते काठमाडौंमा केही दिन बसेर फर्किएका थिए । उनले प्रतिष्ठानको नियमित काम गर्ने क्रममा नै आफू संक्रमित हुन पुगेको बताएका छन् ।

हप्तादिनको बीचमा संक्रमित डा. गिरीसँग प्रतिष्ठानका अन्य पदाधिकारी, दर्जनौं चिकित्सक, धरानका जनप्रतिनिधि, पत्रकारलगायतको भेटघाट भएको बुझिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।