१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यसरी हुँदैछ पोखराबाट देशभर सार्वजनिक यातायात सञ्चालनको तयारी

सेयर:

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउनको लागि अन्तिम तयारी गरेको छ ।

कम्पनीको पोखरा स्थित कार्यालय भवन अघि गुडाउनका लागि तयार राखेका गाडीहरुमा निसंक्रमण गरेर देखाउदै कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफुहरु १ गतेबाट देशभर सवारीसाधन संचालनको अन्तिम तयारीमा जुटेको बताउनुभयो ।

अध्यक्ष केसीले सवारीसाधनमा यात्रु चढ्नु अघि पूर्ण रुपमा निसंक्रमित गरेर मात्र यात्रु चढाउने र यात्रु झरेपछि पनि निसंक्रमित गर्ने बताउदै सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर नै सवारीसाधन संचालनमा ल्याइने जानकारी दिनुभयो । “हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सवारीसाधन सञ्चालन गर्छौ । “उहाँले भन्नुभयो “निसंक्रमित अथवा स्यानीटाइज गर्ने कार्य हामीले गर्छौ, यात्रुहरुले आनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ ।“

निजी सवारीसाधनलाई थुनछेक बिना सुरक्षाका मापदण्ड नअपनाई ५ /७ हजार चर्को भाडा उठाएर यात्रु ओसार्न दिने तर सुरक्षा अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्छौ भन्दा सरकारले चाँसो नदिएको भन्दै अध्यक्ष केसीले गुनासो समेत व्यक्त गर्नुभयो ।

यातायात व्यवसायी र मजदुरलाई कोरोनाले भन्दा पनि भोकले मर्न नदिनका लागि सवारीसाधन सञ्चालन गर्ने निष्कर्षमा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एवं कम्पनीका प्रमुख सल्लाहकार ऐन कुमार साईले बताउनुभयो ।

“झन्डै ६ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना साधनहरू घर ग्यारेजमा थन्क्याएर राख्दा समेत कोरोना संक्रमण घट्नु भन्दा झन् बढेको छ”, साईले भन्नुभयो, “कोरोनाका कारण भन्दापनि भोकका कारण यातायातका मजदुर र स्वरोजगार व्यक्ति मर्ने अवस्थामा नहोस भनेर देशभर यातायात संचालन गर्न लागेका हौँ।“

महासंघले देशका सातवटा प्रदेशभर असोज १ गतेबाट सार्वजनिक सवारी संचालन गर्ने निर्देशन गरिसकेको बताउदै साईले यदि सरकारले १ गतेबाट सवारीसाधन संचालन गर्न नदिने हो भने यातायात व्यवसायी र आश्रित मजदुरलाई राहात प्याकेज ल्याउनुपर्ने बताउनुभयो । सरकारले मजदुर र मजदुरमा आश्रित परिवारलाई बाच्ने आधार सरकारले तयार गर्नुपर्ने उहाँको भनाई छ । पोखरामा गण्डकी इको टेक्नोलोजी प्रा.लि ले कम्पनीका सवारीसाधनमा सेनिटाइजेसन मार्फत निसंक्रमितको प्रक्रिया प्रदर्शन गरेर देखाएको थियो ।

पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीले देशभर १४ सय सवारी सञ्चालन गर्दै आएको छ । “नेपालमा करिब ४ लाख यातायात व्यवसायीहरू रहेको र ती ४ लाख व्यवसायीले १२ लाख जनालाई प्रत्यक्ष रोजगार दिएको बताउदै कम्पनिले १२ लाख मजदुरका घर परिवार गरी ४० देखि ४२ लाख मानिस कोरोनाका कारण मारमा परेको बताउदै आएको छ ।

कास्कीमा भने प्रशासनले भदौ २७ गते राती १२ बजेदेखि सार्वजनिक सवारी संचालन गर्न भनिसकेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।