१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल सह—सभापतिमा मनोनयन

सेयर:

मेचीनगर, २१ जेठ । कृषिका क्षेत्रबाट आफूलाई उत्कृष्ट व्यवसायीका रुपमा पहिचान बनाउन सफल युवा उद्यमी व्यवसायी रविचन्द्र नेपाललाई नेपाल उद्योग वाणिज्य महासघ प्रदेश नम्बर १ ले विषयगत समिति कृषि उद्यम केन्द्र प्रदेश समितिको सह—सभापतिमा मनोनयन गरेको छ । कृषि उद्यम केन्द्र प्रदेश समितिको सभापति प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा टिकाराज ढकाल हुनुहुन्छ ।

झापा मेचीनगर—४ बाहुनडाँगी निवासी नेपाल चिया, मरिज, कागती, सुपारी तेजपत्ता लगायतका व्यवसायिक खेतीमा क्रियाशील हुनुहुन्छ । उहाँ कृषक सहित उद्यमी पनि हुनुहुन्छ । उहाँको, सुपारी प्रशोधन केन्द्र चियाको कारखाना, मरिज तेजपत्ता कागती प्याकेजिङ्ग उद्योग सञ्चालन गदैं आउनुभएको छ ।


नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आर्थिक गतिविधिलाई सक्रिय बनाउन सवै व्यवसायीहरुको हकहितका साथै संघीय प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाहरुसँग समन्वय गरी काम गर्न विषयगत समिति गठन गरी कृषि उद्यम केन्द्र प्रदेश समितिको सहसभापतिमा मनोनयन गरिएको उहाँका पत्रका उल्लेख छ ।


प्रदेश उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउन नेपालको राय, सुझाव र सल्लाह महत्वपूर्ण हुने र गतिविधिहरु क्रियाशील बनाउने कार्यमा पूर्ण सहयोग मिल्ने विश्वास लिइएको छ । प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा कृषि उद्यम केन्द्र प्रदेश समितिको सभापति टिकाराज ढकाललाई पत्रको बोधार्थ दिईएको छ ।

वहाँ नेपाल मेची उद्योग वाणिज्य संघ मेचीनगरका सचिव समेत हुनुहुन्छ । नेपाल स्वच्छ छवि र व्यवसायिक कृषक तथा उद्योगीका रुपमा चिरपरिचित हुनुहुन्छ । उहाँ सामाजिकक्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।