१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

स —शस्त्र प्रहरी बल नेपालको ‘पूर्व —पश्चिम झण्डा मार्च कार्यक्रम’ शुभारम्भ

सेयर:

२० पुस, मेचीनगर : स —शस्त्र प्रहरी बल नेपालको २५ औँ स —शस्त्र प्रहरी दिवस २०८२ ‐रजत महोत्सव)को अवसरमा पूर्वको झापा जिल्ला अन्तर्गत मेची नदी र पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट झण्डा मार्च शुभारम्भ भएको हो । स —शस्त्र प्रहरी बल नेपालको २५ औँ स —शस्त्र प्रहरी दिवस २०८२ ‐रजत महोत्सव)को ऐतिहासीक अवसरलाई स्मरणिय , प्रेरणादायी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ यो कार्यक्रम शुभारम्भ भएको हो ।

मेचीमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मार्च टोलीका कमाण्डर स — शस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीलाई नेपालको राष्ट्रिय झण्डा र स—शस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनि मुख्यलयका बाहिनीपति स शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मार्च टोलीका सहायक कमाण्डर स —सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेलाई स — शस्त्र प्रहरी ‐संगठन)को झण्डा हस्तान्तरण गरेर मार्चको शुभारम्भ गरेका थिए । पूर्व तथा पश्चिमबाट सहभागी झण्डा मार्च कार्यक्रम अभियानमा सहभागीमा नेपालको राष्ट्रिय तथा संगठनको झण्डा रहने छ ।

झापाबाट शुरु भएको यो अभियान अन्तर्गत पुस २२ गते मोरङ जिल्लामा स —शस्त्र प्रहरी बल नेपाललाई दुवै जिल्लाका स —शस्त्र प्रहरी उपरीक्षकहरुले झण्डा प्रदान र ग्रहण गर्ने छन् । दुवैतिरको मार्च टोली माघ ७ गते पर्सा जिल्लाको ठोरीमा पुगेर भेट हुने र स —शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा कार्यक्रम हुने छ ।

अभियान उद्घाटनका अवसरमा स—शस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनि मुख्यलयका बाहिनीपति स —शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले राष्ट्रको सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र व्यवस्था कायम गर्ने स शसत्र प्रहरीको दायित्व तथा सीमावर्ती समुदायसँगको सहकार्य र विश्वास सुदृढ गर्ने स्पष्ट सन्देश बोकेको यो झण्डा मार्च पास कार्यक्रम रहेको बताए ।

सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्धेश्यसहित फौज परिचालन गरिएको स—शस्त्र प्रहरीले जनाएको छ ।

पैदल मार्च पास्टमा इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थितिबारे जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तक्र्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको छ । सीमाक्षेत्र केवल भौगोलिक रेखामात्र नभएर राष्ट्रको स्वाभिमान, सार्वभौमिकता र अखण्डताको पहिचान भएको बाहिनीपति स —शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । यसको सुरक्षा गर्नु स —शस्त्र प्रहरी बल नेपालको मात्र नभएर राज्य संयन्त्र र आम नागरिक सवैको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अभियानक सफलताको शुभकामना व्यक्त गरेका थिए । स —शस्त्र प्रहरी निरीक्षक देवेन्द्र मैनालीले सञ्चालन गरेको कार्यक्रममा नेपाली सेनाको अरदिमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, स —शसत्र प्रहरी बल नेपाल, नम्बर २ गण हेड क्वाटर झापाका गणपति स — शस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, स —शस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गुल्मपति स —शस्त्र प्रहरी नायव उपरीक्षक विकास थापा, इलााक प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामासहित स —शस्त्र तथा जनपद प्रहरीका उच्च अधिकृत र जवानहरु, जनप्रतिनिधि, सञ्चारकर्मीलगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।