११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

वैदेशिक रोजगारीबाट फर्केर बङ्गुरपालन र बजारीकरणमा जमे भानुभक्त

साउदी अरबमा लामो समय बिताएर स्वदेश फर्किएका सुनसरीका भानुभक्त राईले आफ्नै कृषि फर्ममार्फत बङ्गुरपालन गरी काठमाडौंसम्म बजारीकरण गर्दै आएका छन्।

सेयर:

साउदी अरबमा लामो समय बिताएर स्वदेश फर्किएका सुनसरीका भानुभक्त राईले आफ्नै कृषि फर्ममार्फत बङ्गुरपालन गरी काठमाडौंसम्म बजारीकरण गर्दै आएका छन्।

📌 मुख्य बुँदाहरू:

  • सुनसरीका भानुभक्त राईले वैदेशिक रोजगारीबाट फर्केर २०७६ सालदेखि व्यावसायिक रूपमा किरात राई कृषि फर्म दर्ता गरी बङ्गुरपालन गर्दै आएका छन्।
  • उनी आफ्नै फर्ममा पाठापाठी उत्पादन गर्नुका साथै स्थानीय किसानहरूबाट समेत बङ्गुर सङ्कलन गरेर काठमाडौंको ललितपुरस्थित ताल्चीखेलमा आपूर्ति गर्दै आएका छन्।
  • ढुवानी र चारोको महँगीजस्ता जोखिमका बावजुद एक गाडी बङ्गुर काठमाडौं पठाउँदा ७० देखि ८० हजार रुपियाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

सुनसरीका भानुभक्त राई वैदेशिक रोजगारीको लामो बसाइँलाई बिट मारेर स्वदेशमै व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसायमा रमाइरहनुभएको छ। साउदी अरबमा वर्षौं बिताएर फर्किएपछि उहाँले बङ्गुरपालनलाई मात्र सीमित नराखी उत्पादन, सङ्कलन र बजारीकरणलाई एकैसाथ अघि बढाउनुभएको छ।

इटहरी–१९ अमाहाका ४३ वर्षीय राईले २०७६ सालदेखि किरात राई कृषि फर्म दर्ता गरी व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गर्नुभएको हो। उहाँले आफ्नो फार्ममा माउ बङ्गुर र पाठापाठी उत्पादन गरी हुर्काउने तथा बिक्रीयोग्य भएपछि बजारमा पठाउने कार्य गर्दै आउनुभएको छ। आफ्नै उत्पादनका अतिरिक्त उहाँले स्थानीय किसान तथा अन्य व्यवसायीहरूबाट समेत बङ्गुर खरिद तथा सङ्कलन गरेर जिल्लाबाहिर बिक्री गर्दै आउनुभएको छ।

काठमाडौंमा बढ्दो बजारीकरण र आम्दानी

किसानहरूबाट सङ्कलन गरिएका बङ्गुरहरू राईले काठमाडौंको ललितपुरस्थित ताल्चीखेल पुर्‍याउने गर्नुभएको छ। मासुका लागि कटिङ गर्ने व्यवसायीहरूलाई आपूर्ति गर्दै आएको र एक लटमा १८ वटासम्म बङ्गुर पठाउने गरिएको उहाँले बताउनुभयो। पहिले चार–पाँच दिनको अन्तरमा बङ्गुर पठाउने गरिए पनि पछिल्लो समय महिनामा तीनदेखि चार गाडी बङ्गुर काठमाडौं पठाउने गरिएको छ।

एक गाडी बङ्गुर काठमाडौं पठाउँदा प्रतिगाडी ७० देखि ८० हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको अनुभव छ। व्यवसायमा जोखिम भए पनि राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ।

व्यवसायका चुनौती र भविष्यका योजना

विदेशको अनुभव बटुलित स्वदेशमै केही गर्नुपर्छ भन्ने अठोटका साथ लाग्नुभएका राईले यस पेसामा विभिन्न चुनौती रहेको पनि अनुभव गर्नुभएको छ। "काम गर्न त जोखिम छ। कहिले रोग लाग्छ, कहिले चारो महँगिन्छ, कहिले बजारमा बिक्री हुँदैन। ढुवानी गर्दा दुईवटा बङ्गुर मात्रै मरे भने पनि ठूलो घाटा हुन्छ," उहाँले भन्नुभयो।

यस व्यवसायलाई व्यवस्थित बनाउन उहाँले तीन जना कामदारसमेत रोजगारीमा खटाउनुभएको छ। साथै, बङ्गुर पालनलाई थप आधुनिक र आयमूलक बनाउन पछिल्लो समय नयाँ जातका पाठापाठीसमेत ल्याएर व्यवसाय विस्तार गरिरहनुभएको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
📄 वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
📄 वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
📄 वैदेशिक रोजगारीबाट फर्किएर बङ्गुरपालनमा रमाउँदै भानुभक्त
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।