१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बिर्तामोडको मनमोहन अस्पताललाई रोटरीद्वारा ७ थान डायलासिस मेसिन सहयोग

सेयर:

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको सहकार्यमा मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन उपलब्ध गराएको छ ।

क्लबको अगुवाईमा अस्पताललाई ७ थान डायलासिस मेसिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टम र इलेक्ट्रिक बेड ७ थान सहित करिब एक करोड २० लाख मूल्यबराबरको उक्त उपकारणहरु मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताललाई प्रदान क्लबका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

बढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विपन्न तथा सर्वसाधारणलाई सहज र सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले क्लबले डायलासिससहित स्वास्थ्य उपकरण अस्पताललाई दिइएको संजोजक शुभ कुमाई पाठकले जानकारी दिइन् ।

अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्नेगरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट बञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए ।

नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलासिस बापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उनको भनाइ थियो । उनले अस्पतालमा उपकरण सेटअफ भई परीक्षणका लागि डायलासिस सेवा सुरु भइसकेको बताए ।

पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, पूर्वअध्यक्ष शिवकुमार अग्रवाल, अस्पतालका कोषाध्यक्ष ज्ञानुराम प्रसाईं, अस्पतालका व्यवस्थापन समितिका सचिव रोमणि भट्टराईलगायतको उपस्थिति थियो

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।