१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बिपी राजमार्गकाे पहिराेले नार्केको बजारै बगायो

सेयर:

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाको नार्के नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको छ । बिपी राजमार्गमा गएको पहिरोले राजमार्ग नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको हो ।

घर बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पनौती नगरपालिका-२ ठाँडेमा एक जनालाई पहिरोले पुरेको छ ।

काभ्रेकै रोशी गाउँपालिका-३ भँडारेमा दिदी भाइ नै पहिरोले पुरीएका छन् । बल्थली भ्यु प्वाइन्ट रेष्टुरेन्टमा रहेका दुई विदेशी पर्यटक संकटमा परेका छन् । चारै तिरबाट पहिरो आएपछि उनीहरु संकटमा परेको स्थानीयले जानकारी दिएका छन् ।

बनेपा नगरपालिका-५ मा गोठ भत्कदा एक जनाको पुरीएर मृत्यु भएको छ । बल्थलीमा पुरिएकाहरु अर्जुन भण्डारी उनको श्रीमती, छोरी र नाती रहेको छन् । ५० वटा घर पहिरोको जोखिममा परेको काभ्रेका पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।