१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कोरोना पुष्टिपछि आइसोलेसनमा अर्जुन कपुर

सेयर:

काठमाडौँ — बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसको संक्रमण भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफूलाई कोरोना पुष्टि भएको र कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

‘मलाई कोरोना संक्रमण देखिएको जानकारी गराउनु मेरो कर्तव्य हो । मलाई ठीक छ । कुनै लक्षण देखिएको छैन । डाक्टरको सल्लाह अनुसार नै म आइसोलेसनमा छु,’ उनले इन्स्टाग्राममा लेखेका छन्,’तपाईंहरुको सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु । यो असमान्य र अप्रत्यासित समय हो । मलाई विश्वास छ हामी सबै यो भाइरसबाट बाहिरिनेछौं ।’

यसअघि अमिताभ बच्चन, अभिषेक बच्चन ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । अर्जुनका पिता बोनी कपुरको घरमा काम गर्ने कामदारलाई पनि कोरोना संक्रमण भएको थियो । अर्जुन इन्स्टाग्राममा आफ्नो स्वास्थ्यबारे जानकारी दिइरहेका हुन्छन् । अर्जुन अब सैफअली खानसँग ‘भूत पुलिस’मा देखिने द हिन्दुस्तान टाइम्समा उल्लेख छ ।

त्यस्तै बलिउड अभिनेत्री तथा अर्जुनकी प्रेमिका मलाइका अरोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।