११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

सेयर:

२६ साउन, मेचीनगर : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ८१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार बिहीबार ४ हजार ५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्य २ हजार ४११ जनामा पीसीआर परीक्षण गर्दा ४६५ र २ हजार १२३ जनामा एन्टीजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार बिहीबार ५ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ९२ हजार १४६ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४६ हजार २९९ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९८ लाख ७२ हजार २०० पुगेको छ ।

हालसम्म ११ हजार ९८२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर ५ हजार ८६९ सक्रिय संक्रमित रहेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।