१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएकोमा प्रोफेसर जे पोलार्डद्वारा दु:ख व्यक्त

सेयर:

काठमाडौं । अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे.पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएको देख्दा आफू दु:खी भएको बताएका छन् ।

नेपाली टाइम्समा आलेख लेख्दै प्रोफेसर पोलार्डले यस्तो गुनासो गरेका हुन् । उनी अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक हुन् । सन् २०२० को अप्रिल २३ बाट शुरू भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको नेतृत्व उनैले गरेका थिए । पोलार्डले बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा २४ हजार स्वयंसेवकसमेत परिचालन गरेका थिए ।

‘यो वर्ष म पर्वतारोहीको रूपमा नेपाल गएको ३० वर्ष पुग्छ’, उनी लेख्छन्, ‘मैले जब अस्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज काठमाडौमा लाएको देख्दा मलाई अत्यन्तै गौरव लागेको थियो । तर, थप आपूर्ति नभएको सुन्दा म दु:खित भएको छु ।

पाटन अस्पतालको रिसर्चरहरूसँग १६ वर्षनजिक रहेर काम गरेको उनले बताएका छन् ।

अस्ट्राजेनेकाले हाल १६० देशमा ४५ करोड डोज खोप बनाएको बताएका प्रोफेसर पोलार्डले लेखेका छन्, ‘भारतको सेरम इन्ष्टिच्युट बनाएको कोभिसिल्ड पनि अक्सफोर्ड एक भर्सन हो जुन नेपाल लाउनुपर्ने थियो । तर, भारतमा अत्यावश्यक भएकोले विलम्ब भएको छ ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।