१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

३० हजार ६ सय ७७ कोरोना संक्रमित निको भए

सेयर:

काठमाडौँ — नेपालमा हालसम्म ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ६५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३० हजार नाघेको हो । यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या ४ हजार ७ सय ३९ जना छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या हजार ४७ हजार २ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा बताएका छन् ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ७ लाख ७७ हजार ५ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म मुलुकभर १७१ जना बिरामी आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको प्राडा गौतमले बताए । त्यसैगरी मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।