१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

महाभियोग सिफारिस समितिले जबराबारेको प्रतिवेदन आजै सभामुखलाई बुझाउने

सेयर:

१ असोज, काठमाडौँ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अनुसन्धान प्रक्रिया सकेको छ । समितिका सभापति रामबहादुर विष्टले जबराको बयान, बयानमा हस्ताक्षर प्रतिप्रश्नको जवाफ दिने काम सकिएको जानकारी दिए ।

शनिबार नै प्रतिवेदनलाई अन्तिम रूप दिइने पनि सभापति विष्टले जनाएका छन् । विष्टले भने, ‘सबै अनुसन्धान गरियो प्रतिवेदन तयार पार्न बाँकी छ । प्रतिवेदन आजै बुझाइन्छ । मस्यौदा तयार गरेर बाँडिएको छ । तीन बजे बस्ने बैठकमा अन्तिम रूप दिइन्छ ।’

सभापति विष्टका अनुसार समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई दिइनेछ । प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

नेपालको संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधिसभाको यो कार्यकालमा नटुंगिएमा नयाँ आउने प्रतिनिधिसभाले महाभियोग प्रक्रिया टुंग्याउने तयारी छ ।

संविधानको धारा १०१ को उपधारा ६ मा ‘महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य संवैधानिक निकायका पदाधिकारीले त्यस्तो कारबाही टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । संविधानको यो व्यवस्थाअनुसार महाभियोगको कारबाहीलाई प्रतिनिधिसभाले टुंगो नलगाएसम्म जबरा काममा फर्कन नपाउने विष्टले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।