१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विवाह उमेर १८ वर्षमा झार्नुपर्ने प्रस्ताव, ‘लिभिङ टुगेदर’लाई कानुनी दायरामा ल्याउन माग

सेयर:

१८ असोज, काठमाण्डौँ : सांसदहरुले कानुनमा विवाहका लागि उमेरको हद तोकिरहनु आवश्यक नरहेको बताएका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा माधवअधिकार समितिको आज (सोमबार) बसेको बैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्ने क्रममा सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

विद्यमान मुलुकी ऐनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था गरिएको छ। १८ वर्षमा वालिग हुने व्यवस्था कानुनले गरेको अवस्थामा विवाह गर्नका लागि सोही उमेरलाई योग्य मान्नुपर्ने सांसदहरुको भनाइ थियो।

समितिका सभापतिसमेत रहेका एमाले सांसद कृष्णभक्त पोखरेल, कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, माओवादी केन्द्रका मातृका यादवले विवाहको उमेर १८ वर्षमा झार्नुपर्ने प्रस्ताव गरेका हुन्।

माओवादी केन्द्रका सांसद मातृका यादवले ‘लिभिङ टुगेदर’ लाई पनि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्ने बताएका छन्। लिभिङ टुगेदर पनि अस्थायी विवाह भएको उल्लेख गदैृ उनले विभिन्न बहानामा त्यस्तो सम्बन्ध तोडिन पुग्ने उनको भनाइ थियो। त्यस्तो स्थितिलाई रोक्न लिभिङ टुगेदरको पनि दर्ता गर्नपर्ने उनले बताए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।