१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बारको निर्णय, थप कार्यक्रम ल्याउने तयारी

सेयर:

२१ कार्तिक, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनमा होमिएको नेपाल बार एशोसियसनले सोमबारदेखि विरोधका कार्यक्रमलाई पुन: निरन्तरता दिने भएको छ ।

महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्रमार्फत भोलि साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गरेका छन् ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चकेन्द्रित आन्दोलन गरेको थियो ।

आन्दोलनको भावी रणनीतिको लागि आज बारले देशभरिका एकाईका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो । परामर्श जारी नै रहेकोले सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारको भनाइ छ ।

सर्वोच्चमा प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरूको समर्थनमा बारले पनि संघर्ष गरिरहेको छ । तर, केही वकिलहरूले न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

नेपालप्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।