१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली, भोलि ‘फुल कोर्ट’ बस्ने

सेयर:

८ मंसिर, काठमाडौँ : सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली लागु गरिने भएको छ।

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिनेगरी तयारी अगाडि बढाएको सर्वोच्च अदालत प्रशासनले जनाएकाे छ। त्यसबारे न्यायाधीशलाई पनि सो जानकारी दिइसकिएको बताइएको छ।

गोलाप्रथा प्रणालीकै विषयमा आवश्यक निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्ने भएको छ। त्यसमा फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सबै न्यायाधीशको उपस्थिति रहने जनाइएको छ।

गत बिहीबार मात्र फुल कोर्टले सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था गरेको थियो। गोलाप्रथाबाट पेसी तोकिने व्यवस्थासहित सर्वोच्च अदालत नियमावली संशोधनको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि न्यायाधीशहरु आन्दोलनमा उत्रिएका थिए। गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि उनीहरू नियमित सुनुवाइमा फर्केका हुन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।