१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापा जिल्ला अदालतको प्रमुख न्यायाधीशमा लुइटेल

सेयर:

८ भदौं, झापा : झापा जिल्ला अदालतमा २ बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइटेल आएका छन।
आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुइटेललाई झापा जिल्ला अदालतले स्वागत गरेको छ।
झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने र अदालत प्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लुइटेलले बताउनु भयो।
उहाले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष र उद्देश्य सहित कार्ययोजना बनाई लागु गरेको हुदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो।

न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ठ नतिजामुखी काम गर्नू आवश्यक छ भनी सोही कार्यक्रममा बोल्दै न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।
त्यस्तैगरी, मुद्दाको संख्या बढ्दै गएको छ तरपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजूत गुनासो नआउने गरी काम गरिने भनी अदालतका श्रेस्तेदार सिंहले बताउनु भयो।

झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहनु भएकोछ। सामान्यतयः २/२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आउनु भएका अर्का न्यायाधीश महेन्द्र प्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।