१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

सेयर:

१४ कात्तिक, काठमाडौँ : जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ ।

क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो ।

साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलको प्रस्ताव छ ।

संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनियता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि सरकारी वकिलले माग छ ।

सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) बमोजिम लामिछानेलाई १० देखि १२ वर्षसम्म जेलसजाय गर्न पनि माग दाबी प्रस्तुत गरेको छ ।

दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।

पीडितलाई उचित क्षतिपूर्ति दिलाइदिन पनि अभियोग पत्रमा माग दाबी गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।