१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरका जनप्रतिनिधिद्वारा धमाधम राजिनामा

सेयर:

९ वैशाख, मेचीनगर: आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिरुले धमाधम राजिनामा दिन थालेका छन् । उपप्रमुख मीना पाेखरेल उप्रेती सहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिले शुक्रवार राजीनामा दिएका हुन् ।

उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष राजीनामा बुझाएका थिए । नगरप्रमुख समक्ष बुझाएका राजीनामा शनिवार स्वीकृत हुने जनाइएको छ ।

राजीनामा दिनेहरुमा उपमेयर मिना पोखरेल उप्रेती, वडा नं १ का वडाध्यक्ष पासाङ तामाङ, वडा नं २ का वडाध्यक्ष तीलक न्यौपाने, वडा नं ३ का वडाध्यक्ष हकृबहादुर वस्नेत, वडा नं ४ का वडाध्यक्ष नविन बराल, वडा न. ५ का वडाध्यक्ष योगेन थापा मगर, वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङले राजीनामा बुझाएको नगरपालिका श्रोतले जनाएको छ ।

त्यस्तै वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा नं १० का सुदय पनेरु, वडा नं ११ का सन्तोष मेचे, वडा नं १२ का नगेन्द्र धिमाल, वडा नं १३ का कृष्णराज सिग्देल, वडा नं १४ शंकर पोखरेल र वडा नं १५ का राजन भट्टराईले राजीनामा बुझाएको जनाएको छ ।

यसैगरी वडा सदस्य र कार्यपालिकाका सदस्यहरुले राजीनामा बुझाएका छन् ।

मेचीनगरमा जम्मा ८० जना जनप्रतिनिधिमा ५० जना जनप्रतिनिधिहरुले राजीनामा बुझाएका हुन् । अन्य ईच्छुक उम्मेद्वार जनप्रतिनिधिहरुले शनिवार बेलुका सम्ममा राजीनामा बुझाउने तयारी गरिएको बुझिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।