१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भूपू प्रहरीका छोरा ५० राउन्ड गोली सहित विमानस्थलबाट पक्राउ 

सेयर:

काँकरभिट्टा । काठमाडौंबाट झापा जान लागेका बद्रीहाङ राई प्रहरीले चेकजाँचको क्रममा ५० वटा गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेका छन् ।

श्री एयरलाइन्सबाट झापा जाने क्रममा उनीव पक्राउ परेका हुन् । नेपाल प्रहरीका भूपू नायब निरीक्षकका छोरा रहेका उनी आमासगै झापा हिडेका थिए ।

काठमाडौंस्थित घरमा रहेको गोली बुबाले लिएर आउन भनेपछि आफूले लैजान लागेको उनले प्रारम्भिक सोधपुछमा बताएका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले राईलाई थुनामा राखी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक छानबिनमा सो गोली अवैध भएको खुलेको छ ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाका अनुसार बरामद भएका गोली नाै एमएमका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।