१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रदेश नामकरणको नेतृत्व एमालेले लिनुपर्छ : मुख्यमन्त्री राई

सेयर:

१६ जेठ, विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन्। प्रदेश १ सभाको दशौँ तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

सबैभन्दा धेरै सांसद एमालेसँग रहेको बताउँदै उनले एमालेभित्र रहेको कुनै नेता संयोजक रहेको एउटा समिति बनाउन आफूहरू इच्छुक रहेको बताउँदै उनले भने, ‘एमालेले गर्दै गर्दैन भने अथवा अरु कसैले गर्दैन भने सरकारले भए पनि त गर्नु पर्‍यो नि‚ त्यसैले छलफल अगाडि बढाउँदै जाँदा छलफल साँघुरिन्छ भनेर हामीले कोसिस गरेको हो‚’ उनी थप्छन्, ‘प्रदेशको नामकरणको विषयमा भरसक एमालेले वा ठूला दलहरूले नेतृत्व लिएर पहलकदमी गरे राम्रो हुन्छ।’

सकेसम्म प्रदेशको नाम सहमतिमा निर्णय गर्न आग्रह गर्दै मुख्यमन्त्री राईले सहमति नभए प्रक्रियामा गएर भए पनि नामको विषय टुंगो लगाउनेमा जोड दिए। नामको विषयमा बदनाम भएको उल्लेख गर्दै उनले निधारमा कालोटीका लागेकाले नामको विषयलाई यस अधिवेशनको अन्त्यमा भए पनि टुंगो लगाउनु पर्नेमा जोड दिए।

उनले अर्को प्रसंगमा नियुक्तिको विषयमा पार्टीसँगको सम्बन्धभन्दा पनि विज्ञतालाई ध्यानमा राखेर नियुक्ति गरिएको उनको दाबी थियो। ‘मुख्यमन्त्रीको पार्टीको सीधै मान्छे नियुक्ति हुने भन्ने ठाउँमा मुख्यमन्त्रीको पार्टीको मान्छे छैन होला,’ उनले भने, ‘त्यसो किन गरियो भने पार्टीभन्दा विज्ञतालाई जोड दिएका छौँ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।